बङ्गलादेश प्रहरीले देशका पूर्व प्रधानन्यायाधीश एबिएम खैरुल हकलाई पक्राउ गरेको छ । डिटेक्टिभ शाखा (डिबी) प्रहरीको टोलीले उनलाई स्थानीय समयानुसार आज (८ साउन) बिहान ८ बजेतिर उनको धानमन्डी निवासबाट पक्राउ गरेको थियो । डिबीका संयुक्त आयुक्त नासिरुल इस्लामले पूर्व प्रधानन्यायाधीश एबिएम खैरुल हकको गिरफ्तारीको पुष्टि गर्दै उनीविरुद्ध तीनवटा मुद्दा रहेको जनाएका छन् । खैरुल हकले…