काङ्ग्रेसद्वारा प्रमुख विधेयक पारित भएपछि ट्रम्पको ‘अभूतपूर्व’ विजय

काङ्ग्रेसले आफ्नो हस्ताक्षर कर र खर्च विधेयकलाई न्यूनतम बहुमतले पारित गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आयोवामा भएको जनसभामा समर्थकहरूलाई उत्साहित गर्न ‘अभूतपूर्व विजय’को उद्घोष गरेका छन् । यसले उनको कट्टरपन्थी दोस्रो कार्यकालको एजेन्डालाई बलियो बनाएको विश्लेषण गरिएको छ । उत्साहित राष्ट्रपतिले अलोकप्रिय विधेयकको प्रशंसा गर्दै अमेरिकाको एक वर्ष लामो २५०औँ जन्मदिन समारोहको सुरुआत गरे…