सन् २०२२ मा गर्मीका कारण युरोपमा कम्तीमा १५ हजारको मृत्यु

सन् २०२२ मा तातो मौसमका कारण युरोपमा कम्तीमा १५ हजार मानिसको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तातो हावाबाट सबैभन्दा बढी स्पेन र जर्मनी प्रभावित भएका जनाइएको छ । गत जुनदेखि अगस्टसम्मको तीन महिना युरोप रेकर्ड राख्न शुरु गरिएयताकै सबैभन्दा तातो थियो र, असाधारण रूपमा उच्च तापक्रमले महाद्वीप मध्ययुगपछिकै सबैभन्दा खराब खडेरीको साक्षी…