लेबनानको हिजबुल्लाह समूहले सिरियामा दुई हजार लडाकू पठाएको उक्त समूहनिकट एक स्रोतले बताएको छ । सन् २०११ देखि सिरियाली युद्धमा राष्ट्रपति बसर अल असदको सेनासँग मिलेर लडेको इरानसमर्थित समूहले लेबनानी सीमा नजिकैको कुसेर क्षेत्रमा दुई हजार लडाकू पठाएको समूह सम्बद्ध स्रोतले एएफपीलाई जानकारी दिएको छ । स्रोतका अनुसार गत हप्ता इस्लामवादी नेतृत्वको विद्रोहीआक्रमण सुरु भएयता…