चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे ‘गहिरो चिन्ता’ व्यक्त

बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यीले आफ्ना इजिप्टका समकक्षीसँग सिरियाको अवस्थाबारे चीनसँग ‘गहिरो चासो’ व्यक्त गरेका छन् । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटी र वाङले बेइजिङको दियाओयुताई स्टेट गेस्टहाउसमा संयुक्त पत्रकार सम्मेलन गरी ‘रणनीतिक वार्ता’का लागि दुईदिने भ्रमण सम्पन्न गरेका हुन् । 'दुवै पक्ष सिरियाको वर्तमान् अवस्थाप्रति चिन्तित छन् र सिरियाको सार्वभौमिकताको सम्मान गर्न आह्वान गर्दछन्', वाङले…