भारतमा आज राष्ट्रपति निर्वाचन, द्रौपदी मुर्मु र यशवन्त सिन्हाबीच प्रतिष्पर्धा

भारतको १५औँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदै छ । संसदको बर्खे अधिवेशनको पहिलो दिन निर्वाचन हुँदै छ । सन् २०१७ को राष्ट्रपति चुनावअघि देशको सर्वोच्च पद को लागि ६४ वर्षीया मुर्मु एक बलियो दावेदार थिइन् ।…