लघुकथा समाज नेपालले २०७७ सालको ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान’ तथा ‘धनमान लघुकथा पुरस्कार’को घोषणा गरेको छ । बुधबार साँझ (२१ साउन) बसेको समाजको अनलाइन बैठकले ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान २०७७ ’बाट साहित्यकार विजय सागरलाई सम्मानित गर्ने निर्णय गरेको छ । त्यसैगरी ‘धनमान लघुकथा पुरस्कार २०७७’ साहित्यकार दिव्य गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ । मोफसलमा रहेर पनि…