वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको उपन्यास ‘शान्ता’को अङ्ग्रेजी संस्करण सार्वजनिक गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्म जयन्तीका अवसरमा विराज समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अङ्ग्रेजी संस्करण लोकार्पण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अङ्ग दान गर्ने शान्ताको दर्शन के हो त्यो पाठकसमक्ष आउनुपर्ने धारणा राखे । ‘भोजपुरमा योगमायाले कुनै दर्शन जानेर अरुण नदीमा जलसमाधि…