‘समाजवादी यथार्थवाद र नेपाली साहित्य’ विषयक परिचर्चासहित साहित्य सन्ध्यामा कविगोष्ठी आयोजना भएको छ । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ डा. हेमनाथ पौडेल, जनगायक जे.बी. टुहुरे, गायक एवम् सङ्गीतकार माधव प्रधानलगायत उपस्थित थिए । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. पौडेलले ‘समाजवादी यथार्थवाद र नेपाली साहित्य’ विषयमाथि तथ्यपरक, यथार्थपरक र विश्लेषणमूलक…