ज्यो.पं. नारायणप्रसाद दुलाल मेष सहयोगीहरूले काममा साथ दिनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । राज्य बाट मान सम्मान पाइनेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग रातो वा कालो हो…