राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती एकाएक भावुक बने । उनका आँखा रसाए । अनि गला अबरुद्ध पार्दै उनले आफ्ना समकालीन साहित्यकार साथी स्व. जनकप्रसाद हुमागाईंलाई सम्झिए, ‘जनकजी, सरल जीवनशैली भएका मिलनसार तर विचारमा प्रतिबद्ध लेखक हुनुहुन्थ्यो । आज उहाँसँग सहयात्रा गरेका क्षणहरूको सम्झनाले मलाई भावुक बनाएको छ । आँखा अगाडि उहाँको…