हामी

✍ उपेन्द्र त्रिपाठी कहिल्यै सन्देह गरेनौँहामीलाई बन्दुक थमाउने हातझेली पनि हुन सक्छकहिल्यै प्रश्न गरेनौँहामीलाई घोकाइएको कखरागलत पनि हुन सक्छकहिल्यै बुझ्न चाहेनौँहामीलाई देखाइएको क्षितिजछल पनि हुन सक्छजहाँ सन्देह मऱ्योजहाँ प्रश्न मऱ्योजहाँ बुझाइ मऱ्योहामी, कुनै रामको इशारामालङ्का जलाउँदै हिँड्नेहनुमानमात्रै बनिरह्यौँहामी, कुनै सपनाको ब्यापारीकोगुन्टा बोकिहिँड्नेभरिया मात्रै भैरह्यौँहामी, कुनै विचारको बगरेको पसलमाझिँगा धपाउँदै बस्नेकमारो मात्रै रहिरह्यौँदुई बीस दसको सङ्घार…