प्राचिन पलान्चोक नगर अर्थात् पाँचखाल क्षेत्रको पुरातात्विक महत्व-४

✍ श्रीकृष्ण धिमाल ४.६ हाल गढीहरूको अवस्था : प्राचीनकालदेखि गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय नगर्दासम्म काभ्रेपलाञ्चोकका कोटहरू पनि उपयोगमा थिए । पृथ्वीनारायण शाहको उपत्यका विजयपश्चात् कोटहरू उपादेयता सकिएको थियो र तिनको रक्षा प्रबन्ध पनि हुन छाड्यो । करीब २५० वर्षभन्दा बढी समयदेखि कोटहरू सुरक्षा विहिन अवस्थामा रहेका छन् । डाँडाको टुप्पो तथा शिखरहरूमा…