✍ मौन आवाज कान नहुनेहरूलेमेरा कानहरू काटेर लगे !आँखा नहुनेहरूलेमेरा आँखाहरू झिकेर लगे !नाक नहुनेहरूलेमेरो नाक भाँचेर लगे !टाउको नहुनेहरूलेमेरो टाउको उखेलेर लगे !हिँड्न चाहने तर खुट्टा नहुनेहरूलेमेरा खुट्टा चुँडालेर लगे !औंला नहुनेहरूलेमेरा औंला लगे !हात नहुनेहरूलेमेरा हात लगे !रौं नहुनेहरूलेमेरा रौंहरू लगे !छाला नहुनेहरूलेमेरो छाला लगे !मासु नहुनेहरूलेमेरो मासु लगे !हड्डी नहुनेहरूलेमेरो हड्डी लगे…