बरखीको तितामिठा अनुभूति

बलराम उपाध्याय सिलवाल आफ्नो बाबुआमा लाखौँ वर्षतक बाँच्दिए हुन्थ्यो लाग्छ छोराछोरीलाई । दैवको लाठो बज्रन्छ, अनि कामना धूलिसात् । चाहेर नि चाहेको नपुग्दो रहेछ । २०७८ साल माघ २७ गते मैले बुबा गुमाएँ । मैले बुबाको चाहनाअनुसार निष्ठापूर्वक अनुशासित ढङ्गले (अहिलेको जुग बमोजिम) बरखी बार्ने निधो गरेँ । २०३७ सालतिर हो जस्तो लाग्छ, बुबाले हजुरआमाको…