शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

जिल्ला अदालत काठमाडौंले नक्कली भूटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ । यसअघि थपिएको म्यादभित्र अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा पेस गरेकामा अदालतबाट चार दिनको म्याद…