नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सत्ता गठबन्धनकै नेताहरूबाट अपमानित हुन पुगेका छन् । देखेको कुरा बोल्ने र कसैलाई बाँकी नराख्ने एक इमानदार नेताको छवि बनाएका श्रेष्ठप्रति प्रधानमन्त्री प्रचण्ड र सत्ता गठबन्धनका मुख्य योजनाकार केपी शर्मा ओली नै बक्री भएको तथ्यहरूले देखाएको छ । एमालेले अर्थ मन्त्रालय लिएपछि नारायणकाजीले गृह मन्त्रालय पाउने निश्चित मानिएको थियो…