कानूनी शासनलाई गम्भीर चुनौती : अध्यादेशको सर्वत्र विरोध

कर्तव्य ज्यान मुद्दामा न्यायालयबाट दोषी ठहर भइ कारागारमा सजाय भोगिरहेका व्यक्तिलाई उन्मूक्ति दिनकै निम्ति सरकारले अध्यादेश ल्याएपछि त्यसको सर्वत्र निन्दा र विरोध भएको छ । संविधानको धारा ११४ मा ‘सङ्घीय संसदको दुवै सदनको अधिवेशन चलिरहको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने’ व्यवस्था गरिएको छ ।…