निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई ३५ दिनभित्र खर्चको विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार बनेकाहरूलाई खर्चको विवरण ३५ दिनभित्र बुझाउन निर्देशन दिएको जनाएको छ । विवरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ४० बमोजिमको ढाँचामा निर्वाचन…