महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले खेलकुद र संस्कृति आदानप्रदानमार्फत नेपाल र चीनबीचको सम्बन्ध अझ मजबुत बनाउन सकिने धारणा राख्नुभएको छ । चिनियाँ नयाँ वर्ष २०२६ का अवसरमा शनिबार (१७ माघ) काठमाडौंमा आयोजित नेपाल-चीन मैत्रीपूर्ण फुटबल खेल कार्यक्रममा उहाँले खेलकुदले भाषा, भूगोल र राजनीतिभन्दा माथि उठेर मित्रता, सहकार्य र विश्वास निर्माण गर्ने बताउनुभयो ।…