पश्चिमी न्यून चापीय प्रणाली पुनः केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मङ्गलबार र बुधबार मौसम बदली भइ वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो । आइतबार (१८ माघ)देखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको…