रुसमा सामेल हुनको लागि युक्रेनमा स्व-शैलीको ‘जनमत संग्रह’ आयोजना गरेर रुसले भोट संकलन गर्न आफूले कब्जा जमाएका भागहरूमा सशस्त्र सेना घर-घर पठाएको युक्रेनीहरुले बताएका छन् । एनरहोडरकी एक महिलालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार रुसी सेनाले युक्रेनीका घर घर पुगी रुसमा सामेल हुन तयार हो कि होइन भनी सोधेर मौखिक जवाफ लिने र कागजको पानामा जवाफ…