रुकुमपूर्वमा भएको दुर्घटनामा पाँचको मृत्यु, १३ घाइते
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा बिहीबार दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ गइरहेको गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन् । दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
उक्त बसमा ३५ जना सवार थिए । अन्य घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल भर्ना गरिएको छ ।
यस्तै, रुकुमपूर्वको भूमे गाउँपालिका-३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट रुकुमकोट जाँदै गरेको ग१ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको छ ।
प्रतिक्रिया