नवीन श्रीवास्तव नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त

नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई राजदूत नियुक्त गरिएको औपचारिक जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको एक दिनपछि विदेश मन्त्रालयले नेपालको राजदूतमा श्रीवास्तवको नियुक्तिको घोषणा गरेको हो। भारतीय विदेश सेवाको १९९३ ब्याचका श्रीवास्तव हाल एमईएमा अतिरिक्त सचिवको रूपमा सेवारत छन् ।