कालापत्थरमा अन्तर्राष्ट्रिय महिला दिवस

यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस कालापत्थरमा विशेष किसिमले मनाउन लागिएको छ । ‘साथसाथै’ संस्थाको आयोजनामा उक्त दिन विश्वको अग्लो हिमाल सगरमाथाको कालापत्थर पुगी जलवायू परिवर्तन र महिला न्यायका विषयमा विश्वको ध्यानाकर्षण गराउने आयोजक संस्थाले जनाएको छ । ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ भन्ने मूल नाराका साथ विभिन्न क्षेत्रका ४० जना महिला संयुक्त रूपमा पदयात्रा गर्दै…