वि.सं. २०६३ मा भएको वृहत शान्ति सम्झौता र त्यसपछि भएका कैयन राजनीतिक निर्णयहरूलाई आममानिसले ‘शान्ति प्रक्रिया’का रूपमा बुझेका थिए, छन् । वास्तवमा माओवादीहरू शान्ति प्रक्रियामा नभएर क्रान्ति प्रक्रियामै थिए, अझै छन् । छापामार शैलीका हिंसात्मक मार्गबाट जहाँसम्म पुग्न सकिन्थ्यो, माओवादीहरू त्यहीँ पुगे । हिंसात्मक सङ्घर्षको आयु लम्ब्याउन खोजिएको भए चारु मजुमदारको झैँ बिनापरिणाम युद्धको अन्त्य…