नेकपा एमाले वैचारिक शुद्धिकरण तथा परिमार्जनको ऐतिहासिक चरणमा प्रवेश गरेको छ । पार्टीको आगामी भाद्र २७ र २८ गते राजधानीमा हुने विधान अधिवेशनमा विभिन्न वैचारिक एवम् सैद्धान्तिक प्रश्नमा स्पष्ट भएर सहभागिता जनाउन अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको मार्गदर्शनका अन्तरवस्तुले उक्त पार्टी वैचारिक परिवर्तनको ऐतिहासिक मोडमा पुगेको स्पष्ट सङ्केत दिएको छ । पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद्का…