ओलीको अडान यथावत सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने प्रचण्डद्वारा प्रस्तुत गरिएको ‘लिखत’ निःशर्त फिर्ता हुनुपर्ने आफ्नो मान्यता यथावत रहेको प्रष्ट पारेका छन् । धुम्बाराहीस्थित पार्टी कार्यालयमा आज बसेको स्थायी कमिटी बैठकमा अनुपस्थित रहे पनि पत्रमार्फत् बैठकलाई ‘सम्बोधन’ गरेका अध्यक्ष ओलीले महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन…