नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले बैठकमा प्रधानमन्त्री ओली सहभागी भएको जानकारी दिएका छन् । यसअघि मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीद्वारा प्रस्तुत लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा सहअध्यक्ष…