बाढीपहिरोमा परेका बागलुङका १६ जना अझै बेपत्ता

यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका बागलुङका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बागलुङ नगरपालिका–१ मा खसेको पहिराले टिपर पुर्दा हराउनुभएका चालक…