हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नाम्खा–६ मा पर्ने लिमी लाप्चामा सशस्त्र प्रहरी पोष्ट स्थापना हुने भएको छ। लाप्चास्थित नेपाल–चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा सशस्त्रको पोष्ट स्थापनाका हुन लागेको हो । हालै यो नाकाको सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चा र…