नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३,३९४

नेपालमा आइतबार (११ असोज) थप १,५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३,३९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका ६३३, भक्तपुरका ७२ तथा ललितपुरका १०४ जनामा संक्रमण पुष्टि भएको…