दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने राहदानी विभागको प्रष्टोक्ति

राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । विभागले आज (१७ कात्तिक) साँझदेखि सार्वजनिक विदाको दिन बाहेक दैनिक राहदानी उपलब्ध गराउने जनाएको हो । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार…