पेरिस (फ्रान्स)स्थित विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयमा यस महिनाको चर्चित गहना डकैतीमा संलग्न ठानिएका पाँच जना नयाँ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एकजना मुख्य अभियुक्त रहेको पेरिसका सार्वजनिक अभियोजक लरा बेकुआउले जानकारी दिएका छन । अभियोजक बेकुआउका अनुसार ती मुख्य संदिग्धमाथि प्रहरीले लामो समयदेखि निगरानी राखिरहेको थियो । करिब १० करोड २० लाख अमेरिकी…