भारतको हरिद्वारस्थित एक मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

भारतको उत्तराखण्ड राज्यमा रहेको एक प्रसिद्ध हिन्दू मन्दिरमा आइतबार (२७ जुलाई) भीडभाड भइ भागदौड मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । हिन्दूधर्मावलम्बीको पवित्र शहर हरिद्वारस्थित गङ्गा नदीको किनारमा रहेको मनसा देवी मन्दिर जाने सिँढीमा भागदौड मच्चिँदा कैयौँ घाइते भएका छन् । '६ जनाको मृत्यु भएको छ भने १० भन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको…