पूर्वी भारतमा मङ्गलबार (१३ साउन) हिन्दू तीर्थयात्री बोकेको बस खाना पकाउने ग्यास सिलिन्डर भरिएको ट्रकसँग ठोक्किएपछि कम्तीमा १८ जनाको मृत्यु भएको छ। झारखण्ड राज्यको घटनास्थलबाट प्राप्त दृश्यहरूले बसको भग्नावशेष देखाएको छ । यसको पछाडिको भाग लगभग पूर्ण रूपमा जलेको थियो । स्थानीय सांसद निशिकान्त दुबेले तीर्थयात्रीहरू उपमहाद्वीपमा मनसुनको सुरुआतसँगै पवित्र श्रावण महिना मनाउन हिन्दू तीर्थस्थलतर्फ…