बाढीले बिथोल्न खोजे पनि निर्वाचन रोकिँदैन : यादव

बाढी र पहिरोका कारण प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा चुनौती थपिएको निर्वाचन आयोगले प्रष्ट्याएको छ । सप्तरीको राजविराजस्थित जिल्ला निर्वाचन कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बाढीपहिरोका कारण देशमा व्यापक धनजनको क्षति भएको र बाढीपीडितको अवस्था अत्यन्त गम्भीर…