केएमसीमा म्याद गुज्रेका औषधि

केएमसी नामले चिनिने सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको औषधालयमा औषधि व्यवस्था विभागले सिलबन्दी गरको छ । म्याद समाप्त भएको औषधि धमाधम प्रयोग गरिरहेको सप्रमाण फेलापरेपछि औषधालयमा सिलबन्दी गर्नुपरेको विभागले जनाएको छ । झापाका चारवर्षे आरुष सुवेदी उपचारका लागि केएमसी भर्ना गरिएका थिए । उनलाई म्याद सकिएको सुई दिएको पाइएपछि सोमबार नै औषधालय बन्द गरिएको हो ।…