भारत र चीनसँगको सुमधुर सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले दुवै देशले गरेको विकासबाट मुलुकले अधिकभन्दा अधिक लाभ उठाउनुपर्ने बताउनुभएको छ । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले शनिबार (१४ असार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई…