इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा कम्तीमा ९३५ जनाले ज्यान गुमाएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ । युद्धविराम लागू भएको करिब एक सातापछि सोमबार (३० जुन) यो विवरण सार्वजनिक गरिएको हो । 'सियोनवादी शासनद्वारा हाम्रो देशमाथि थालिएको १२ दिने युद्धको क्रममा हालसम्म ९३५ जना शहीदको पहिचान गरिएको छ'- इरानको न्याय परिषद्का प्रवक्ता असगर…