पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूमा रहेको विश्वासको सङ्कट चिर्दै राष्ट्रिय मुद्दामा एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । कोशी प्रदेश भ्रमण सकेर काठमाडौं फर्कने क्रममा मंगलबार (२७ जेठ) विराटनगर विमानस्थलमा उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुद्दामा सबै पार्टीहरूबीच छलफल गरी एकताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले वर्तमान शासन प्रणालीप्रति जनता सन्तुष्ट रहेको चर्चा गर्दै…