न्यायाधीशमाथि कालो झोल छ्याप्ने तीन ब्यक्ति पक्राउ

न्यायाधीशलाई कार्यकक्षमै कालो झोल छ्यापेर दूर्व्यवहार गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इँटा भट्टीमा ज्युँदै मानिस होमेर ज्यान लिएको मामलामा जेल सजाय काटिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताद्वारा बिहीबार (२९ जेठ) कालो झोल…