आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि महत्त्वपूर्ण हुने अर्थमन्त्रीको प्रतिक्रिया राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष प्रतिवेदन पेस गरेको छ । अर्थ मन्त्रालयमा आज (१ जेठ) आयोजित कार्यक्रममा समितिका संयोजकसमेत रहेका राजस्वसचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् । समितिले सबै किसिमका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्नुपर्ने र कर आधार विस्तार…