मिश्र र प्रसाईंसहित २३ जनामाथि पाँच दिनको म्याद थप

राज्यविरुद्धको कसुर र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २३ जनामाथि पाँच दिनको म्याद थप गरिएको छ । उनीहरुलाई आज (२५ वैशाख) काठमाडौं जिल्ला अदालतमा पेश गरिएकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी पसिसर काठमाडौँका प्रवक्ता एस्पी अपीलराज बोहराले जानकारी…