जिल्ला प्रहरी परिसर काठमाडौंले स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सय नगदसहित चार जनालाई नियन्त्रणमा लिएको छ । आइतबार (२१ वैशाख) अपरान्ह काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थानस्थित पशुपति भिजन अघिल्तिर सडकमा दुई वटा मोटरसाइकलमा शङ्कास्पद ढंगले सवार रहेका चार जनालाई नियन्त्रणमा लिएर उनीहरुको साथमा रहेको झोला खानतलासी गर्दा उल्लिखित परिमाणमा नगद फेलापरेको प्रहरीले जनाएको छ ।…