रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप लगाइएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुस्र्क (रूसी भू-भाग)मा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आह्वान गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ युक्रेनी सेनाको जीवन रक्षा गर्न पुटिनलाई आग्रह गर्दै आफ्ना राजदूतले प्रस्तावित ३०दिने युद्धविरामबारे रुसका नेतासँग ‘फलदायी’ वार्ता गरेको जनाएका छन् । गत…