नेपाल-चीन-भारतको त्रिदेशीय पर्यटन प्रवर्द्धनको रणनीति बनाउन भारतको नयाँदिल्लीमा सरोकारवालाबीच छलफल भएको छ । आगामी फागुन १२ देखि १४ सम्म पोखरामा आयोजना हुने ‘नेपाल-इन्डिया-चाइना’ एक्स्पो (नाइस) कार्यक्रमका लागि भारतमा सहकार्य तथा साझेदारीलाई सुदृढ बनाउन भारतका व्यवसायीसँग छलफल गरिएको प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आज (६ माघ) विज्ञप्तिमार्फत जनाएको छ । पाटा नेपाल च्याप्टरका प्रमुख…