‘असोज ३ कालो दिन’ भन्दै जलाइयो संविधान !

आफूलाई राजसंस्थावादी मान्ने तथा गणतन्त्रविरोधी समूहले राजधानीको माइतीघर मण्डलामा नेपालको संविधान च्यातेर जलाएका छन् । संविधान दिवसका दिन सरकारले सैनिक मञ्चमा औपचारिक कार्यक्रम गरिरहँदा माइतीघर मण्डलामा भने वर्तमान संविधान मान्नलायक नरहेको भन्दै आएको समूहले संविधान जलाएको हो । दर्जनौँ संख्यामा उपस्थित भएका गणतन्त्रविरोधी समूहका सदस्यहरुले संविधानका साथै वर्तमान सरकारको विरुद्धमा नाराबाजी समेत गरेका थिए ।…