वीरगञ्जको गोदाममा छापा, २० लाख रुपैयाँ बराबरका सामानसहित व्यक्ति नियन्त्रणमा

सशस्त्र प्रहरीले वीरगंज (पर्सा)स्थित तीन वटा गोदामलगायत विभिन्न इलाकाबाट करिब २० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ । वीरगंज महानगरपालिका-१६ स्थित नगवा इलाकाबाट भाद्र २२ गते ७ लाख ८० हजार ४ सय ३० रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरिएको हो । भारतबाट अबैध रुपले ल्याइ सो ठाउँको खुश्बु चकलेट उद्योगको गोदाममा भण्डारण गरी…