जाजरकोटमा वडासदस्यसहित दुई जना पहिरोमा पुरिए

जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका-६ की वडासदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् । गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुऱ्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिएका छन् । महतारालाई उद्धृत गर्दै राससले जनाएअनुसार पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय…